राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा पेसमेकर राखिएको छ । मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको अस्प्तालले जनाएकाे हाे ।

पौडेलको मुटुको धडकन अस्थिर भएपछि गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो । पेसमेकरले मुटुको चाललाई स्थिर बनाउन सहयोग गर्छ । पेसमेकर भनेको छातीमा मुटुमाथि राखिने सानो यन्त्र हो । यो यन्त्रले मुटुको धड्कनलाई प्रतिमिनेट तोकिएको मात्रामा धड्कन सहयोग गर्छ ।

उदाहरणका लागि पेसमेटर प्रति मिनेट ७० मा राखिएको छ भने त्यसले मुटुलाई मिनेटमा ७० पटक धड्किन सहयोग गर्छ । पेसमेकर राखेपछि सामान्यत यो १० वर्ष चल्छ। त्यसपछि ब्याट्री फेर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *