काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले स्रोत नखुलेको रकमसहित काठमाडौँ महानगरपालिका ६ बौद्ध फूलबारीबाट एक जनालाई पक्राउ गरेको छ ।
नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ३३ लाख ५० हजार हुण्डीको रकमसहित गुरुङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका गुरुङसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।