प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ८०० रुपैयाँले गिरावट आएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य एक लाख ११ हजार २५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्यमा प्रतितोला ४५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला १४ सय ३० मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us