काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ । परिसूचक १४ दशमलव ०५ अंकले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो । बुधबार विभिन्न दुई सय ७१ कम्पनीका ८६ लाख ५१ हजार एक सय ६४ कित्ता शेयर तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० बराबरको कारोबार भएको छ । यो दिनको कारोबारमा होटल तथा पर्यटन, जीवन बीमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ । बाँकी सबै समूहको उपसूचक घटेको छ ।
होटल तथा पर्यटन समूह दुई सय ३९ दशमलव ५१, जीवन बीमा ११ दशमलव ९६, उत्पादन तथा प्रशोधन १५ दशमलव ०१ र व्यापार समूह दुइ दशमलव ३६ अंकले बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचकमा ५२ दशमलव ०५ अंकले घटेको छ ।
सिटी होटल लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रीन भेञ्चर्स लिमिटेडको शेयर मूल्यमा छ दशमलव ९८ प्रतिशतले कम भएको छ ।