काठमाडौं। गोरखा जिल्लाको शहीद लखन गाउँपालिकाको पोखरीडाँडामा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट बस २ सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको भनाइ छ।
विवाहको लागि दुलहीको घर गइ टिकाटालो गरी फर्किएको बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो। भुसालका अनुसार मृतक पाँचै जनाको पहिचान खुल्न बाँकी छ।
घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइ उपचार शुरू गरिएको जनाइएको छ।