गठबन्धनको सरकार ढाल्न ओली सक्रिय: माधव नेपाल

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिलेको सरकार ढाल्न सक्रिय रहेको बताउनुभएको छ ।  कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन्।

अध्यक्ष नेपाललले पार्टी मुख्यालयमा शुक्रबार आयोजित कार्यक्रममाओलीले कम्युनिष्ट सरकार ढालेर दलाल पूँजीजीवादी कांग्रेससँग सरकार बनाउने तयारी गरिरहेको धारणा व्यक्त गर्नुभयो । 

 ‘नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरुले सुनिरहनुभएको छ,  कस्तो बिडम्वना होला, कस्तो चरित्र होला ? उहाँले भन्नुभयो अहिले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारलाई ढालेर शेरबहादुर, दलाल पूँजीजीवादसँग उदार पूँजीजीवादसँग, काल्पनिक समाजवादसँग मात्र आफूलाई जोडेका छन्। उसलाई अघि बढाउन खोजिरहेका छन्।’

पूर्व प्रधानमन्त्री नेपालले माओवादी नेतृत्वको  सरकार ढालेर  कांग्रेस नेतृत्वको सरकार बनाउन चाहेको उल्लेख गर्नुभयो ।  ‘समाजवादी शक्तिलाई एकतावद्ध बनाउन चाहेन’ उहाँले भन्नुभयो  अहिले पनि उसले के गर्न चाहिरहेको छ भने आजको पत्रिकामा पढ्नुभएको होला, केपी ओलीले नेपाली काँग्रेसलाई प्रभावित पारेर काँग्रेसले नै सरकार चलाओस्, साथ दिन तयार छु भनिरहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *