‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु 

काठमाडाैं । बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो ।

साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरुलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रनाउ जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *