काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजको राष्ट्रियसभाको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने तयारी गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८र०७९, महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन, २०७८र०७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८र०७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची समावेश गरिएको छ ।
आजको बैठकमै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने कार्यसूचीसमेत राखिएको छ ।
संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका पूर्व सदस्य महेश चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि समावेश गरिएको छ ।