काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । गत साता उतारचढाव आएको सुनको मूल्यमा साताको कारोबार पहिलो दिन मूल्यमा चार सयले गिरावट आएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार दुई सयमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले बढेको हो ।