स्थानीय तह निर्वाचनको मतपत्र छपाइ शुरू

काठमाडौं । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको मतपत्र छपाइ शुरू भएको छ । निर्वाचन आयोगले मतपत्र छाप्ने निर्णय गरेर जनक शिक्षा सामाग्री केन्द्रलाई पत्र पठाएको र मतपत्र छाप्ने काम शुरू भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगले स्थानीय तह निर्वाचनको लागि एक करोड ९४ लाख थान मतपत्र छाप्ने तयारी गरेको छ । पहिले दुर्गम क्षेत्रमा पठाउने मतपत्र छपाइ हुने र क्रमशः सुगम क्षेत्रको मतपत्र छपाइ हुने आयोगले बताएको छ । स्थानीय तह निर्वाचनको लागि सबैभन्दा ठूलो मतपत्र ५६ लहरको रहेको छ ।

त्यसमध्ये सबैभन्दा सानो डोल्पाको मतपत्र हुनेछ । जसमा १६ लहर मात्रै हुनेछन् । २३ लहर समूहका ७७ प्रकारका मतपत्रको छपाइ शुरू भएको पौडेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us