इनारमा मोटर बिग्रिएपछि निकाल्ने क्रममा डुबेर २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा डुबेर झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बू र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको छ । २ जनाकै इनारमा रहेको मोटर बिग्रिएपछि निकाल्ने क्रममा डुबेर मृत्यु भएको हो।

प्रहरीका अनुसार पानी तान्ने मोटर निकाल्न शुरुमा दिपेन इनारमा पसेका थिए । दिपेन इनारमा डु्बेपछि उनलाई निकाल्न जितेश पनि गएका हुन् । तर जितेशले दिपेनलाई इनारबाट निकाल्न सकेनन् । दुवै जना इनारमा डुबे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us