नेप्सेमा गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलब ९९ मा सीमित भएको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलब ७६ अङ्कले ओरालो लागेर चार सय दुई दशमलबव ७५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्यमा बृद्धि भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा कमी आएको छ ।

आजको कारोबारमा विभिन्न कम्पनीका कूल एक करोड ३३ लाख ४२ हजार ९ सय ९६ कित्ता शेयर पाँच अर्ब ९७ करोड २२ लाख ८६ हजार ४ सय ८१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकमका आधारमा हिमालयन लायफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको ८३ करोड ७० लाख ३६ हजार ७ सय ९१ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *