काठमाडौं । विशेष अदालत काठमाडौंले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई गैरकानुनी आर्जनको अभियोगमा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले खड्कालाई दोषी ठहर गर्दै ९ करोड १९ लाख रुपैयाँ जरिवाना र एक वर्ष तीन महिना कैद सजायको फैसला सुनाएको हो ।
विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले ९ करोड १९ लाख रुपैयाँ जरिवाना र एक वर्ष तीन महिना कैद सजायको फैसला सुनाएको जानकारी दिए । खड्कामाथि आयल निगमको कार्यकारी निर्देशक भएको बेला गैरकानुनी सम्पत्ती आर्जन गरेको अभियोग लागेको छ ।