एजेन्सी । प्रहरीको नियन्त्रणमा रहेका एक जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ ।
गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोनरत ठूलो संख्यालाई पक्राउ गरेको हो । प्रदर्शनकारीले प्रहरीको उपस्थितिमै पसलहरु तोड्फोड गरेका छन भने कारहरुमा पनि आगजनी गरिएको छ ।
प्रदर्शन हिंस्रक बन्दै गएपछि सुरक्षा अधिकारीहरुको तैनाथी बढाइएको समाचारमा जनाइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले हिंसा अनुचित भएको बताएका छन् । उनले आकस्मिक बैठक पनि डाँकेका छन् । ट्राफिक स्टपबाट भाग्ने क्रममा नाहेल एम नामका १७ वर्षीय अल्जेरियन मूलका एक युवकलाई गोली हानी हत्या गरेपछि मङ्गलबारबाट द्वन्द्व शुरु भएको हो ।
नाहेललाई गोली हानेका अधिकारीले परिवारसंँग माफी मागेका छन् । नाहेलको हत्या प्रकरणले फ्रान्समा पछिल्लो समय जातीय विभेद सम्बन्धिको मुद्दाले ब्यापक रुप समेत लिइरहेको छ ।