जनतालाई समानता र अवसर दिनुपर्छ: अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नारायण विलास जोशी स्मृतिको ३४ औँ स्मृति दिवसको अवसरमा जनताको जीवनमा आमुल परिवर्तन गर्न बाँकी रहेको बताउनुभएको छ।

आइतबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिक क्रान्तिको काम सम्पन्न भएपनि जनजीवनमा परिवर्तनको काम बाँकी रहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले जनतालाई समानता र अवसर प्रदान गर्नु प्रमुख आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक क्रान्तिको काम सम्पन्न गर्यौं। अब अर्को महत्त्वपूर्ण काम गर्न बाँकी छ, जनताको जीवनमा आमुल परिवर्तन गर्ने, जनताको जीवन सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने काम बाँकी छ। जनतालाई समानता र अवसर दिनुपर्छ।’

यी सबै काम कम्युनिष्ट पार्टीको सरकारले गर्न सक्ने र कम्युनिष्ट पार्टीले मात्रै त्यो गर्न सक्ने जिकिर गर्नुभयो । सरकारको नेतृत्व गरिरहनु भएका प्रचण्डले समाजवादी यात्रामा देशलाई कसरी अगाडि बढाउने भन्नेतर्फ पहल गरी रहनुभएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *