मधेशमा नाै प्रतिशत रोपाइँ

जनकपुर । अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ । समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिए ।

अहिलेसम्म मधेस प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५/१५ प्रतिशत र सबैभन्दा कम रौतहट, धनुषा, महोत्तरीमा पाँच÷पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले बताए । लामो समयदेखि वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसान धान रोपाइँ गरिरहेको उनको भनाइ छ ।

उनका अनुसार सप्तरी र सिरहामा १५÷१५ प्रतिशत, सर्लाहीमा १२ प्रतिशत, बारामा १० प्रतिशत, पर्सामा छ प्रतिशत र धनुषा र बारामा ६०÷६० प्रतिशत, सिरहा र सर्लाहीमा ५५÷५५ प्रतिशत, रौतटहमा ५० प्रतिशत, महोत्तरीमा ४५ प्रतिशत र पर्सामा ४२ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको छ । पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।

त्यस्तै सप्तरीमा कुल ८१ हजार छ सय ६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा, सिरहामा कूल ७३ हजार नौ सय १४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै महोत्तरी जिल्लामा ६७ हजार तीन सय ५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार पाँच सय हेक्टरमा, बारामा ६२ हजार आठ सय २३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४६ हजार २० हेक्टरमा, रौतहटको ५३ हजार पाँच सय २० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३८ हजार एक सय हेक्टरमा धान खेती हुने गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै धनुषामा ७६ हजार पाँच सय ३१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा र सर्लाहीको ८४ हजार छ सय ७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार सात सय हेक्टरमा धान रोपाइँ हुन्छ । हालसम्म सप्तरीमा १० हजार दुई सय हेक्टर, सिरहामा आठ हजार एक सय हेक्टर, सर्लाहीमा पाँच हजार पाँच सय २० हेक्टर, बारामा चार हजार छ सय दुई हेक्टर, पर्सामा दुई हजार आठ सय २८ हेक्टर, रौतहटमा एक हजार ७५० हेक्टर, धनुषामा दुई हजार नौ सय र महोत्तरीमा दुई हजार तीन सय ७५ हेक्टर जग्गामा मात्र धान रोपाइँ हुन सकेको निमित्त निर्देशक कुशवाहाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us