२९ अर्ब ६६ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले मंगलबार २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत सरकारले कूल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएको हो ।

यद्यपि,कूल रकममध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानै ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी जारी गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले असार १८ गते अर्थात सोमबार दिउँसो ३ बजेभित्र आवदेन दिन सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले असार ११ गते २४ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us