नेप्सेमा दोहोरो वृद्धि

काठमाडौं । शेयर बजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले उकालो लागेको छ । आइतबार र सोमबार लगातार ओरालो लागेको बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार भने १२ दशमलव ७३ अंकले उकालो लागेर २ हजार ८८ दशमलव ७० बिन्दुमा चढेको हो । 

क बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि मंगलबार २ दशमलव २८ अंकले उकालो लागेर ३ सय ८८ दशमलव ६२ बिन्दुमा कायम रहन सफल भएको छ । धितोपत्र बजारमा २ दुई सय ८२ वटा कम्पनी ४६ हजार ७ सय ३१ पटकको कारोबारमा ६४ लाख ५० हजार ९ सय ३४ कित्ता शेयर खरिद बिक्री भएको छ । 

मंगलबार कूल कारोबार रकम दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ रुपैंयाँ पुगेको हो ।  कारोबार भएका १३ वटा उपसमूह  मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमूह सूचक उकालो लागेर शेयर बजार पुरै हरियो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us