लमजुङ । साताैँ लमजुङ महाेत्वस बेसीशहरमा हुने भएकाे छ । महाेत्सव चैत २५ गतेदेखि बेसीशहरकाे सहजी खेल मैदानमा हुने भएकाे हाे ।
लमजुङ उद्याेग वाणिज्य संघकाे आयोजनामा हुन लागेकाे महाेत्सवमा स्थानीय कला र संस्कृतिकाे संरक्षण गर्ने उद्देश्य रहेकाे लमजुङ उद्याेग वाणिज्य संघले जनाएकाे छ ।
चैत २५ देखि आगामी बैशाख ४ गतेसम्म जारी रहने महाेत्वसमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा भरपुर मनोरञ्जन लिन सकिने संघले जानकारी दिएकाे छ ।
महोत्सव तयारीको काम तीव्र रुपमा भइरहेकाे र भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमितिहरूले आफ्नो जिम्मेवारी अनुसारको काम गरिरहेकाे संघकाे भनाइ छ।