काठमाडौं । काठमाडौंको ऐतिहासिक शहर बसन्तपुरमा सवारी साधन निषेध गरिएको छ । महानगरपालिकाले बसन्तपुरमा मंगलबार बिहानदेखि सवारी साधन निषेध गरेको हो ।
महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत बसन्तपुर हनुमानढोका क्षेत्रको मौलिकता र सौन्दर्य जोगाउन सवारी साधन प्रवेश निषेध गरिएको जानकारी दिनुभएको छ ।
काठमाडौं उपत्यका आफैंमा उत्कृष्ट कालीगढीको नमूना भएको र त्यसमाथि हनुमानढोका र वसन्तपुर क्षेत्र विशेष रहेको भन्दै मेयर साहले यस क्षेत्रको वातावरण शान्त र सुरम्य राख्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभएको छ । बसन्तपुर हनुमानढोका क्षेत्रमा दैनिक हजारौँ पर्यटक आउने यो संख्या बढेर लाखौँ हुनसक्ने उहाँको भनाई छ ।
मेयर साहले सामाजिक सञ्जाल मार्फत प्रमुख पर्यटकीय सम्पदा क्षेत्रको वातावरण अक्षुण राखी विश्वलाई गौरवसाथ देखाउन सक्नुपर्ने उल्लेख गर्नुभएको छ ।