रुसद्वारा ठूलो संख्यामा नयाँ सैनिक समूह परिचालन गरेको युक्रेनको दाबी

काठमाडौं । रुसले पछिल्ला दिनमा ठूलो संख्यामा नयाँ सैनिक समूह परिचालन गरेको युक्रेनले दाबी गरेको छ । पूर्वी युक्रेनका दुई वटा युद्ध क्षेत्र लिम्यान र कुप्यांक्समा एक लाख ८० हजार रुसी सैनिक परिचालन भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी  गर्नुभएको हो । 

सीएनएनलाई दिएको अन्तर्वार्तामा उहाँले युक्रेनी सेनाले पछिल्ला केही सातामा ३७ वर्ग किलोमिटर भूमि पुनः नियन्त्रणमा लिएकोमा रुसको नयाँ चालपछि युक्रेनी सेना अप्ठेरोमा परेको बताउनुभयो । युक्रेनी सेनाका प्रवक्ताले पनि रुसी सेना लिम्यान र कुप्यांक्समा एकत्रित भएको बताएका छन् ।अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई नाटोमा अहिले नै सहभागी गराउन पनि जोड दिनुभयो । 

नाटोमा अमेरिकी राष्ट्रपति जो बाइडेन नै निर्णायक रहेको भन्दै जेलेन्स्कीले युक्रेनलाई नाटोमा सहभागी गराउँदा युक्रेनी सैनिकको मनोबल बढ्ने र त्यसबाट युक्रेन आफ्नो सार्वभौमिकता जोगाउन सफल हुने तर्क गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us