एसईईको परीक्षाफल प्रकाशन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल बुधबार वा बिहीबारसम्म प्रकाशन गर्ने तयारी गरेको छ। अहिले तथ्याङ्कको शुद्धाशुद्धी परीक्षण गर्ने काम भइरहेको र उक्त परीक्षण सकिएपछि नतिजा प्रकाशन हुनेपरीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताउनुभयो ।

शुद्धाशुद्धी परीक्षणको काम सकिए कोतथा कुनै पनि प्राविधिक समस्या नआए बुधबार साँझसम्म या बिहीबार सम्म नतिजा प्रकाशन गरिने परीक्षा बोर्डले जनाएको छ ।

प्राविधिक काम सकिएमा बुधबार नै परीक्षा बोर्डको बैठक राख्ने तयारी रहेको छ । बोर्डको बैठकमा नतिजा सार्वजनिक गर्ने निर्णय गरिने छ । २०७९ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा बेवसाइट, एसएमएस र आईभीआर बाट प्रकाशन हुने बोर्डले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us