आन्तरिक हवाई भाडा घट्याे

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (बुधबार) देखि लागू हुने गरी आन्तरिक हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएपछि निगले भाडा घटाएको हो । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।

नयाँ भाडादर अनुसार काठमाडौं–धनगढीको भाडा ६ सय १५ रुपैयाँले घटेर ६ हजार १० रुपैयाँ पुगेको छ ।यस्तै काठमाडौं–भद्रपुर भाडा ४ सय २० रुपैयाँले घटेले चार हजार ८५ रुपैयाँ कायम भएको छ । यसैगरी काठमाडौंबाट विराटनगर तीन हजार २ सय ६५ रुपैयाँ, जनकपुर एक हजार ७ सय ५० रुपैयाँ, भरतपुर एक हजार ४ सय ५५ रुपैयाँ, पोखरा दुई हजार १ सय ५५ रुपैयाँमा झरेको छ । काठमाडौं–भैरहवाको भाडा दुई हजार ८ सय रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us