काठमाडौं। १४औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ। मंगलबार राती भएको फाइनल खेलमा घरेलु टोली भारतले कुवेतलाई पेनाल्टी सुट आउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो। यो सहित भारत नवौं पटक साफ च्याम्पियनसिप उपाधिको दाबेदार भएको छ।
निर्धारित र थपिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटमा गएको थियो। पेनाल्टी सुट आउटमा भारतले कुवेतमाथि जित निकाल्न सकेको हो।