राष्ट्रियसभाकाे बैठक दिउसो १ बजे बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउसो १ बजेर १ मिनेटमा बस्दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बुधबार स्थगित भएको बैठक आज बस्न लागेको हो।

बुधबार दिउँसो साढे २ बजे बैठक प्रारम्भ हुनेबित्तिकै एमालेका सांसदले ‘प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

एमाले सांसदको अवरोधपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो। निर्धारित समयमा बैठक बस्न नसकेपछि संघीय संसद् सचिवालयले पुनः पौने ५ बजे बैठक बस्ने सूचना जारी गरेको थियो ।

तर त्यो समयमा पनि बैठक बस्न सकेन । त्यसपछिअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबारका लागि बैठक बोलाउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us