एकल महिलाहरु सम्मानित

काठमाडाैं । बगान चलचित्र टिमले  ६ जना एकल महिलाहरुको सम्मान गरेको छ ।  बुधबार काठमाडौंमा नेपाली कथानक चलचित्र बगानको ट्रेलर सार्वजनिक कार्यक्रको अवसरमा महिला बालबालिकाहरुको शिक्षा र स्वास्थ्यको क्षेत्रमा विषेश योगदान पुर्याउनु भएका विशिष्ट महिलाहरुको सम्मान गरेको हाे ।

एकल आमा स्वप्निल निरवले लेख्नुभएको कथाको आधारमा बगान फिल्म निर्माण गरिएको चलचित्रमा एकल महिलाहरुको त्याग र बलिदान समेटिएको  बगान टिमले जनाएको छ ।

सम्मान कार्यक्रममा बोल्नुहुदै बगान फिल्मका र्निेशक तथा नायक शरोज खनालले नेपालमा अहिलेसम्म १५ लाख एकल आमाहरु रहेको र उहाँहरुको विभिन्न क्षेत्रमा विशेष योगदान रहेको बताउनुभयो ।

असार २९ गते देशैभर चलचित्र प्रदर्शनमा आउने पनि उहाँले बताउनुभयो । चलचित्र वगान प्रत्येक आमा तथा छोराछोरीहरुले हेर्नै पर्ने चलचित्र वगानका लागि सम्पूर्ण एकल आमाहरुलाई नि:शुल्क रुपमा फिल्म हेर्ने व्यवस्था पनि मिलाईएको जानकारी गराउनुभयो।

सम्मान कार्यक्रममा विशिष्ट एकल महिलाहरु अनुराधा कोइराला, माननीय इन्दिरा मानन्धर, माननीय मिना श्रेष्ठ, संचारकर्मी बबिता बस्नेत, कोमल कुमारी केसी र दुर्गा सापकोटालाई दोसल्ला, सम्मानपत्र, पुष्पगुच्छा तथा नाट्यश्वरीको प्रतिमाबाट सम्मानित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us