काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी को स्ववियु काउन्सिलको तेस्रो भेलाले केन्द्रीय संयोजकको रुपमा रेसमलाल श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।
असार २० र २१ गते काठमाडौ, किर्तिपुरमा चलेको भेलाले सहसंयोजकमा सितल क्याम्पस, चौरजहारी रुकुमका अध्यक्ष निरन्जन केसी, सचिवमा मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष छोइसाङ लामा सहित ५७ सदस्यीय केन्द्रिय समिति सर्वसम्मत चयन गरेको हो ।
भेलामा देशभरबाट अखिल (क्रान्तिकारी) बाट गत चैतमा सम्पन्न स्ववियु निर्वाचितमा निर्वाचित पदाधिकारी, स्ववियू सदस्य र जिल्ला अध्यक्षहरु सहभागीता रहेको थियो । अखिल (क्रान्तिकारी) ले ८३ वटा क्याम्पसमा स्ववियू सभापति, ३२४ वटामा पदाधिकारी र ५२६ वटामा सदस्यसहित ८५० भन्दा बढी स्थानमा जित हासिल गरेको थियो ।
भेलालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव बर्षमान पुन, जनार्दन शर्मा लगायतले सम्बोधन गर्नुभएको थियो । भेलाले राजनैतिक प्रतिवेदन तथा विधान व्यापक छलफलसहित पारित गरेको थियो ।