क्रिकेट टोलीलाई जनही ५० हजार दिइने

काठमाडौं । एसीसी अण्डर सिक्स्टिन इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले जनही ५० हजार रुपैयाँ दिने भएको छ ।

खेलाडी र अफिसियललाई नगदसहित पुरस्कृत गरिने क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले घोषणा गर्नुभएको छ । गएको मङ्गलवार मलेसियामा भएको फाइनलमा घरेलु टोलीलाई २ सय २१ रनले हराउँदै नेपालले इस्ट जोन कपको उपाधि जितेको हो । 

नेपालले यसअघि सन् २०१७ र २०१९ मा अण्डर सिक्स्टिन इस्टर्न रिजनको उपाधि जितेको थियो । नेपालको यो ह्याट्रिक जित हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *