काठमाडौं । कतार च्यारिटीको आर्थिक सहयोग र हिल नेपालको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा सिलाईबुनाई तालिम सुरु भएको छ । वडा कार्यालयको समन्वयमा महिलाहरुलाइ आर्थिक उपार्जन गर्न उद्देश्यले मुलपानी स्थित मनोहरा सार्वजनिक पुस्तकालय तीन महिने सिलाइबुनाइ तालिम संचालन भएको हो ।
३४ जना महिलाहरु प्रत्यक्ष सहभागी भई सुरु भएको तालिमले महिलाको जिविकोपार्जनमा मद्दत पुग्ने हिल नेपालको अध्यक्ष उमेश भण्डारीले जानकारी दिनुभयो ।
सिलाइ बुनाइको तालिम सकिएपछि सहभागीलाई मेसिन सहित आवश्यक सामाग्री हस्तान्तरण गरि कार्यक्रम समापन गर्ने उदेश्य रहेको आयोजकले जनाएको छ । तालिम साउन ६ गते सकिने छ ।