समाजवादी मोर्चाको जिम्मा पूर्वप्रधानमन्त्री नेपाललाई

काठमाडौं । समाजवादी मोर्चा, नेपालले संयोजन जिम्मेवारी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई दिएको छ ।  मोर्चाको शनिबार बसेको पहिलो बैठकले अर्को मोडालिटी नबनाउँदासम्मको लागि  संयोजन जिम्मेवारी नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहनुभएका नेपाललाई तोकेको हो । 

बैठकको  मोर्चाको आगामी नीति र आचारसंहिता बनाउनका लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड रहनुभएको छ।

कार्यदललाई अध्यक्षताको मोडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारहिंता बनाउने अधिकार दिइएको बैठकमा सहभागी एकीकृत  उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनभएको छ । मार्चाले ७ वटै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । २७ गते कार्यक्रमको मिति घोषणा हुने उपाध्यक्ष पाण्डेले बताउनुभयो । 

उपाध्यक्ष  पाण्डेका अनुसार ६ महिनासम्म मोर्चाको अध्यक्ष एक जनाले गर्ने विषयमा पनि छलफल भएको छ । तर निर्णय भने भइसकेको छैन । यसबारे असार २७ गतेको बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो । मोर्चा गठन भएको २३ दिनपछि पहिलो बैठक बसेको हो ।

एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको बैठकमा  नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,  उपप्रधानमन्त्री तथा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा सहभागी हुनुभएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us