प्रेममा परेका व्यक्तिले देखाउँछन् यी लक्षण !

काठमाडौं । प्रेमको विषयमा धेरै किसिमको परिभाषा र व्याख्या सुन्न पाइन्छ। तर, कहिलेकाहीँ केही मानिसहरु आफू प्रेममा परेको हो वा होइन भन्ने छुट्याउन सक्दैनन्।

वास्तविकतामा प्रेममा पर्दा केही संकेतहरु तपाईंमा देखिन थालेको हुन्छ। विपरीत लिङ्गीप्रतिको आकर्षणमा पनि यस्ता केही संकेत देखिने हुनाले त्यसलाई बुझ्न भने केही कठिन हुन्छ।

यहाँ साँच्चै नै प्रेममा परेको हो वा होइन भनेर थाहा पाउने केही तरिका उल्लेख गरिएको छ –

आफ्नोभन्दा बढी ख्याल राख्नु
तपाईं आफ्नोभन्दा धेरै अरुको बारेमा सोच्न वा चिन्ता गर्न थाल्नुभयो भने त्यसलाई प्रेममा परेको भन्न सकिन्छ। जब तपाइँ कसैसँग प्रेममा हुनुहुन्छ, तपाइँ साँच्चै उसको बारेमा चिन्ता गर्न थाल्नुहुन्छ। तपाईंको अगाडि उसको बारेमा नराम्रो भनेको पनि तपाईंले सुन्न सक्नुहुन्न। यो पनि प्रेमको लक्षण हो।

यादमा हराउनु
तपाई कसैको प्रेममा पर्नुभएको छ भने तपाईं उसैको यादमा हराउन थाल्नुहुन्छ। तपाईं उसले भनेका कुराहरुको नक्कल गर्न थाल्नुहुन्छ। तपाईंलाई आफूले गर्न लागेको कुनै पनि काममा उसको याद आउँछ। तपाईँलाई अरु कसैसँग कुरा गर्दा पनि उसको बारेमा भन्न मन लाग्छ।

साथीसँग उसको तारिफ गर्नु
प्रेममा परेपछि तपाईँलाई उसको प्रशंसा गर्न मन लाग्छ। साथीहरुसँग कुरा गर्दा तपाईं ऊप्रतिको आफ्नो भावना व्यक्त गर्नुहुन्छ। साथै ऊसँग रहँदाको आफ्नो अनुभव सुनाउनुहुन्छ, जसबाट पनि उनीहरुले तपाईं प्रेममा हुनुहुन्छ भनेर भन्न सक्छन्।

गीत सुन्न रुचाउनु
प्रेममा परेपछि मानिसहरु धेरै गीत सुन्न थाल्छन्। उनीहरूलाई प्रेम गीतहरू सुन्न मनपर्छ, जसले उनीहरूलाई आरामको अनुभूति दिन्छ। जब तपाइँ कसैसँग प्रेममा हुनुहुन्छ भने तपाइँ प्रायः रोमान्टिक गीतहरू सुन्न मनपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *