सुनको मूल्यमा वृद्धि

काठमाडौं । दुई दिन स्थिर रहेको सुन र चाँदीको भाउ बुधबार बढेको छ ।  सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन तोलाकाे १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँ पुगेको छ । 

मंगलबार सुनकाे मूल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ रहेको थियो । बुधबार चाँदी पनि महंगिएको छ ।चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *