प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ। बुधवार नर्भिक अस्पतालमा उनको निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका हुन् ।

सीता दाहाल स्मरणशक्ति क्षीण हुँदै जाने, रिँगटा लाग्ने र शरीरको सन्तुलन बिग्रिने जस्ता समस्याबाट पीडित थिइन्। उनलाई बुधवार बिहान हृदयाघात भएको थियो।

बुधवार दिउँसो पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ। उनलाई प्रधानमन्त्री दाहाल आफैँले मुखाग्नि ९दागबत्ती० दिएका थिए। त्यस बेला दाहाल दम्पतीका दुई छोरी पनि सँगै थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *