काठमाडौं । ब्रोइलर कुखुराको मासुको भाउ घटेको छ । ब्रोइलर मासु किलोमा २० रुपैयाँले घटेको हो ।
कुखुराको मूल्य बुधबार पहिला भन्दा १० रुपैयाँले सस्तो भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ ।व्यवसायी संघका सचिव देवकुमार गिरीका अनुसार मूल्य घटेर मासु प्रतिकिलो २९० रुपैयाँ कायम भएको छ ।
यसअघि प्रतिकिलो ३१० रुपैयाँसम्म पुगेको थियो । कोल्ड स्टोरले मूल्य घटेसँगै अब अन्य पसलमा पनि मासुको भाउ पहिला भन्दा कम हुने संघले जनाएको छ । बजारमा अहिले ब्रोइलर मासुको खुद्रा मूल्य प्रतिकिलो ४६० रुपैयाँसम्म पुगेको छ ।