अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले दिए प्रधानमन्त्रीलाई समवेदना

काठमाडौं । नेपाल भ्रमणमा रहनुएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समवेदना दिनुभएको छ ।    

शुक्रबार काठमाडौं आउनुभएका लुले साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर दिवंगत सीताको तस्बिरमा माल्यार्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको हो । 

सहायक विदेशमन्त्री  लूले त्यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *