नेपाल पराजित

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार पाकिस्तान ‘ए’सँग ४ विकेटको हार व्यहोरेको छ । 

श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । नेपालका ललितनारायण राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले एक विकेट हात पारे । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाएर १७९ रनको सामान्ष्य योगफल तयार पारेको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । प्रतिश जिसीले पनि २६ रन जोडे । यी दुईले नवौं विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । १० औं विकेटका लागि पनि सोमपालले ललितनारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । त्यसअघि नेपालले ३९ रनमै ६ विकेट गुमाएको थियो । 

नेपालका कुशल भुर्तेलले १, मोहम्मद आसिफ शेखले १२, अर्जुन साउदले १७, रोहित पौडेलले ७ र पवन सर्राफले १ रन जोडे । कुशल मल्लले १७ र गुल्सन झाले १३ रन बनाए । भीम सार्कीले खाता खोल्न सकेनन् । कुशल मल्ल र गुल्सन झाबीच सातौं विकेटका लागि २८ रनको साझेदारी भएको थियो । नेपालले समूहको दोस्रो खेलमा सोमबार भारत ए सँग प्रतिस्पर्धा गर्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *