एमालेका जिल्ला नेताहरु चढेको गाडी दुर्घटना

सप्तरी । सप्तरीमा नेकपा एमालेका जिल्ला नेताहरु चढेको गाडी दुर्घटना भएको छ । जिल्ला कमिटी बैठकमा सहभागी हुन राजविराज जानेक्रममा छप्कीमा एमालेका स्थानीय नेताहरु चढेको गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा जिल्ला कमिटी सदस्यहरु बचुलाल चौधरी, हरिहर बस्नेत, भुवन केसी, किरन पन्थ र सुनिता कटुवाल घाइते हुनुभएको एमाले सप्तरीले जनाएको छ । एमालेका अनुसार घाइते नेताहरुको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *