बेलिब्रिज नबन्दा ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव

पाँचथर । पाँचथरको हेवा खोलामा बेलिब्रिज नबन्दा ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ । बाढी पहिरोले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण नहुँदा ग्यास र पेट्रोलको अभाव भएको हो ।

असार ३ गते भीषण वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल बगाएको थियो । त्यस यता सो राजमार्ग अवरुद्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *