भ्रष्टाचारको आरोपमा यातायातमन्त्री पक्राउ

एजेन्सी । यातायातमन्त्री एस ईश्वरन भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् ।  उनीसँगै होटेल व्यवसायी एक अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको एएफपीले जनाएको छ ।  यातायातमन्त्री एस ईश्वरनलाई गएको मंगलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ ।

सिंगापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि गएको मंगलबार नै पक्राउ गरिएको थियो । निजलाई पनि अनुसन्धानपछि धरौटीमा छाडिएको छ । ब्युरोले अनुसन्धानको विवरण भने खुलाएको छैन ।

ओङ छानबिनमा परेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोले यातायातमन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।

विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एक सिंगापुर विश्वव्यापी वित्तीय केन्द्र हो । यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका ठूला आम्दानी गर्ने व्यक्तिको तुलनामा तलब दिइन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us