काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को अन्तिम दिन शेयर बजार उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आइतबार १२ दशमलव १६ अङ्कले बढेर दुई हजार ९७ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । आइतबार फाइनान्स, होटल, जलविद्युत्, जीवन बीमा र व्यापार समूहको शेयर सामान्य घटे पनि अरू समूहको शेयर बढेको छ । म्युचल फन्ड समूहको शेयर भने उच्च अङ्कले उकालो लागेको छ । आइतबार सनराइज फोकस्ड इक्युटी फन्डको शेयर १० प्रतिशतले बढेको छ ।
समग्रमा बजार बढे पनि लिबर्टी इनर्जी कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै प्रतिशतले ओरालो लागेको छ । आइतबार दुई सय ८६ वटा कम्पनीका ७१ लाख १८ हजार कित्ता शेयर किनबेच भएको छन् । आज ३९ हजार वटा कारोबारमा दुई अर्ब ३७ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै शिवम् सिमन्टको १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।