काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नभएर दक्षिणपन्थी भएको बताउनुभएको छ । आइतबार दाङ्गको घोराहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले बताउनुभएको हो ।
ओलीले नेकपा एमालेलाई वैचारिक रुपमा विभाजित गर्दै दक्षिणपन्थीको बाटोमा अगाडि बढाएको आरोप लगाउँदै खनालले भन्नुभयो, ‘ओलीले एमालेलाई सुरुदेखि नै दक्षिणपन्थी अवरवादीसँग साँठगाँठ गरेर अघि बढ्न खोजेका थिए । त्यसैले हामीले विद्रोह गर्नु परेको हो ।’ दुई दुई पटक संसद विघटन जस्ता संविधान विरोधी कार्य गर्दै ओली नेपालको कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो वैचारिक बाधकका रुपमा खडा भएको नेता खनालको आरोप थियो ।
उनले ओलीले नजिकिँदै गरेको स्थानीय तहको चुनावमा राप्रपा, सिके राउत, लोसपालगायत दक्षिणपन्थी शक्तिसँग तालमेल गरेर अघि बढ्न खोजेको टिप्पणी समेत गर्नुभयो । त्यसका लागि ओलीले प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा वार्ता अघि बढाएको नेता खनालको भनाइ थियो ।