ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–२ बाट गिट्टी बोकेर गुइनडातर्फ गइरहेको ट्याक्टर दशरथचन्द नगरपालिका ६ को सनकट्या भिरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्टर चालक कैलालीका सुरेन चौधरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो । ट्याक्टर भिरबाट करिब ३ सय मिटर तल खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *