महिला विश्वकप आजबाट शुरु

एजेन्सी । फिफा महिला विश्वकपको नवौं  संकरण आजबाट अष्ट्रेलिया र न्यूजिल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन भने  न्युजिल्याण्डमा हुनेछ ।

उद्घाटन खेलमा समूह ए को आयोजक न्युजिल्याण्ड र नर्वे भिड्ने छन् । न्युजिल्याण्ड र नर्वेबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे शुरु हुनेछ।

खेल न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ । यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन् । स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

३२ टोली सहभागी भएको प्रतियोगिता आगामी २० अगस्टसम्म  हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *