आयल निगमले कमायो लोभलाग्दो नाफा

काठमाडौं । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपैयाँ नाफा कमाएको छ । दुुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एक वर्षमा १८ अर्ब रुपैयाँ नाफा कमाएको हो । अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो ।

रुस–युक्रेन युुद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगमले भारतबाट महँगो मूल्यमा खरिद गरेर सस्तो मूूल्यमा स्थानीय बजारमा बिक्री गर्दा निगम घाटामा गएको थियो

तेल खरिद गरेबापतको रकम भुुक्तानी गर्न जग्गा धितोमा बैङ्कबाट ऋण लिएको निगम पछिल्लो १० महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि तेल खरिद गरेको भुुक्तानी तिरेर नाफा कमाउन सफल भएको खबर गोरखापत्रमा छापिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *