काठमाडौं । दाङ जिल्लामा बसभित्रै ७३ वर्षीया वृद्धा बलात्कृत भएकी छन् । बिहीबार राति १२ तिर दाङ जिल्लाको तुलसीपुरस्थित बसपार्कमा रोकिराखेको बसभित्र लगेर वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सल्यान कुमाख गाउँपालिका– ७ का २० वर्षीय रेशम बिक र तुलसीपुर उपमहानगरपालिकाका ३० वर्षीय पुष्कर रोका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उपचारका लागि भन्दै प्युठानबाट दाङ पुगेकी ती वृद्धाघर जानका लागि राति बसपार्क पुगेकी थिइन् । त्यसपछि सहयोग गर्ने बहाना बनाउँदै उनीहरुले वृद्धालाई बसभित्र लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।
बसपार्कमा रोकिराखेको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर उनीहरुले बलात्कार गरेको पाइएको र बलात्कार हुँदा वृद्धा चिच्याउन थालेपछि स्थानीयले थाहा पाएर उद्धार गरे लगत्तै प्रहरीको टोली पनि घटनास्थल पुगेर २ जनालाई पक्राउ गरेको जनाईएको छ ।