सुनको मूल्यमा गिरावट

काठमाडौं । साप्ताहिक सुन कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय ५० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार सुनको मूल्यले हालसम्मकै उच्च रहेको थियो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६ सय र तेजाबी सुन प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँमा किनबेच गरिएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us