नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने

काठमाडौं । आगामी एसिया कपलाई लक्षित गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक सूचना जारी गर्दै १५ दिनसम्म खेलाडीलाई श्रीलंकामा विशेष तयारी गराउने जनाएको छ।

उक्त एसिया कपलाई लिएर निकै उत्साहित बनेको नेपाली टोलीले उत्कृष्ट फर्म कायम गर्नका लागि भन्दै श्रीलंकामा १५ दिनसम्म ‘स्पेसल हाई–पर्फमेन्स क्याम्प’ सञ्चालन गर्ने क्यानले जनाएको छ ।

‘खेलाडीहरुलाई अनुभवी प्रशिक्षक तथा स्पोर्टस् स्टाफबाट प्रशिक्षित पनि गराइनेछ,’ क्यानले सूचनामा उल्लेख गरेको छ । नेपालमा बर्षातको मौसममा क्याम राखेर ट्रेनिङ दिन पनि असहज हुने भएकाले श्रीलंकामा विशेष तयारी गराउन लागिएको हो। अहिले श्रीलंकामै रहेको नेपाली टोली १५ दिन ट्रेनिङ सकेर मात्रै नेपाल फर्किने भएको छ। सो क्रममा नेपाली टोलीले ४ अभ्यास खेल खेल्ने क्यानले बताइएको छ।

एसिया कप क्रिकेट आगामी अगस्ट ३० देखि पाकिस्तान र श्रीलंकामा सञ्चालन हुँदैछ । नेपालले पहिलो खेल घरेलु टोली पास्तिानसँग अगस्ट ३० मा खेल्नेछ । नेपाली टोलीले भारतसँग भने श्रीलंकामा सेप्टेम्बर ४ मा खेल्नेछ । नेपालको समूहमा भारत, पाकिस्तान रहेका छन् भनेअर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

दुबै समूहका शीर्ष २ टोलीले सुपर चारमा प्रवेश गर्नेछन् भने सुपर चारमा हरेक टिमले अर्को टिमसँग खेल्नेछ र शीर्ष २ टिमले फाइनल खेल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us