काठमाडौं । एकीकृत ट्रेड युनियन महासँघ, नेपाल ICTU ले श्रमिकहरूको ज्याला परिवारको जीवन धान्न सक्ने गरि बृद्धि गर्न न्यूनतम वेतन बोर्डसँग माग गरेको छ।
साथै महासंघले साउन १ गतेदेखि लागु हुनेगरी न्युनतम ज्याला निधारण गरिने समय आउँदासम्म पनि वेतन बोर्ड बेखर रहेकोप्रति ध्यानाकर्षण गराउदै यहि साउन ७ गते आइतबार माइतीघर मण्डलामा दिनको ३ बजे बिरोध प्रदर्शन गर्ने भएको छ।
उक्त विरोध प्रदर्शनीमा अनिवार्य उपस्थितिको लागि संगठनले सरोकारवाला निकायलाई अपिल पनि गरेको छ ।