मौद्रिक नीति सावर्जनिक (पूर्णपाठ सहित)

काठमाडौं । बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राख्दै नीतिगत दर घटाइएको छ । नेपाल राष्ट्र बैकले आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दर घटाएको हो ।बैंकदरलाई ७ं ५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दर ५. ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ ।  सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने  भएको छ ।

बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत राखिएको छ ।  ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई भने यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ । 

file:///C:/Users/Solve-Nepal/Desktop/Monetary-Policy_2080-811690101051.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us