काठमाडाैं । हिमालयन कलेज अफ इन्जिनियरिङ्गले हेक्स २०२३ सञ्चालन गरेको छ । शनिबार ललितपुरको च्यासलस्थित कलेजमै एक समारोह गरी हेक्स २०२३ को उद्घाटन गरेको हाे ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले आफूले सिकेका ज्ञान,सीप र कलालाई प्रयोग गरी विभिन्न प्रोजेक्टमार्फत् प्रदर्शन गर्ने जनाएको छ ।
हरेक वर्षझैँ सञ्चालन गरएिको उक्त हेक्स २०२३ मा उपत्यका भित्र रहेका ३० भन्दा बढी इन्जिनियरिङ्ग तथा आइटी कलेजहरुले भाग लिने आयोजकले जनाएको छ । हिमालयन कलेज अफ इन्जिनियरिङ्ग कलेजका प्राचार्य किशोर गौतमले हेक्सको मुख्य उद्देश्य नेपालका विभिन्न इन्जिनियरिङ्ग कलेजमा पढिरहेका विद्यार्थीहरुले किताबमा मात्र सिमित नभई व्यवहारमा पनि कसरी उतार्न सकिन्छ भन्ने देखाउनका लागि विभिन्न मोडलका प्रोजेक्टहरु प्रस्तुत गरेको बताउनुभयो ।
यो प्रदर्शनीमा २० हजार विद्यिार्थीहरुले अवलोकन गर्ने अपेक्षा रहेको जनाइएको छ । आइतबारसम्म गरिने यस प्रदर्शनीमा उपत्यका बाहिरका विद्यार्थीहरुलाई पनि आमन्त्रण गएिको प्राचार्य गौतमले बताउनुभएको छ । हिमालयन कलेजले आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गराउने र यो कार्यक्रम अवलोकन गर्नका लागि उपत्यकाका सबै विद्यालयहरु तथा कलेजहरुलाई आमन्त्रणका लागि पत्राचार गरिएको बताउनुभयो ।